Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमालेको विधान महाधिवेशन साउन २५-२७ मा हुने

एमालेको विधान महाधिवेशन साउन २५-२७ मा हुने

  • 3.7K
    SHARES

  • एमालेको विधान महाधिवेशन साउन २५-२७ मा हुने

    बुटवल,असार १९-  

    नेकपा एमालेले आगामी साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। विधान महाधिवेशन अगाडि असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने र साउन ५ गतेसम्म केन्द्रीय कार्यालयमा अन्तिम नामावली दिने निर्णय भएको छ।

    अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तयार पार्ने तथा महासचिव ईश्वर पोखरेलले सांगठनिक, विष्णु पौडेलले विधान र रामबहादुर थापा बादलले व्यवस्थापन प्रतिवेदन तयार पार्ने जनाइएको छ। 

    एमालेले भदौ ५ गतेसम्म सबै वडाहरुको र भदौ १५ गतेसम्म सबै पालिकाहरु अधिवेशन गर्ने निर्णय गरेको छ।  शनिबारको बैठकले विभागहरुको सन्दर्भमा निर्णय गरेर स्थायी कमिटीले अन्तिम रुप दिने र सबै पार्टीपंति निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको जनाइएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology