Logo बिहिवार, आश्विन १ गते २०८३
images

विश्व खेलकुद पत्रकार दिवसको अवसरमा बुटवलमा शुभकामना आदानप्रदान

विश्व खेलकुद पत्रकार दिवसको अवसरमा बुटवलमा शुभकामना आदानप्रदान

  • 2.9K
    SHARES

  • विश्व खेलकुद पत्रकार दिवसको अवसरमा बुटवलमा शुभकामना आदानप्रदान

    बुटवल,असार १८- 

    विश्व खेलकुद पत्रकार दिवसको अवसरमा बुटवलमा शुभकामना आदानप्रदान गर्दै दिवस मनाईएको छ ।

    दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मन्च रुपन्देहीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले कम समयमा बुटवल नगरपालिकामा खेलमैदान तथा खेल पूर्वाधार तर्फ निकै राम्रो काम भएको तर कोरोना महामारी कारण ठुलो प्रतियोगिता हुन नसकेको बताए ।

    नेपाल खेलकुद पत्रकार मन्च  रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेलकुद विधामा कलम चलाउने पत्रकारहरुलाई एकताबद्ध गर्दै संस्थागत रुपमा अगाडी बढाएको बताए ।नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घ बहादुर केसीले खेलकुदसँग आवद्ध संस्थाहरुसंग समन्वय गरि तालिम र क्षमता विकासमा लाग्न सुझाव दिए ।

    उनले लुम्बिनी प्रदेश सरकारबाट खेलकुदमा सम्भावना बोकेको रुपन्देहीमा लगानीमा कन्जुस्याइँ गरेको दुखेसो गरे ।नेपाल पत्रकार महासंघ केन्द्रका सदस्य भवानी प्रसाद पाण्डेले विश्व खेलकुदको आयोजना पर्वका रुपमा रहेको बताए र नगरमा खेलकुद प्रतियोगिताको आवश्यकता रहेको बताए ।

    कार्यक्रमको संचालन पत्रकार सीपी खनालले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology