Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु,मृतक ४२७ पुगे,११५४ जनामा स‌ंक्रमण पुष्टी

२४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु,मृतक ४२७ पुगे,११५४ जनामा स‌ंक्रमण पुष्टी

  • 2.0K
    SHARES

  • २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु,मृतक ४२७ पुगे,११५४ जनामा स‌ंक्रमण पुष्टी

    बुटवल,असाेज ५-

    नेपालमा पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 

    ११ वटा जिल्लाका ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२, काठमाडौंमा ५८ र ७३ वर्षीय पुरुषको मृत्यु भएको छ। 

    यस्तै, मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, चितवनमा ५५ वर्षीय पुरुष, दोलखामा ५२ वर्षीया महिला, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

    यसअघि आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ७ प्रतिशत छ।  

    पहिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

     

     

     

    हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। यी मध्ये ८ हजार ९२१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ८६९० जना होम आइसोलेसनमा छन्। 

    पछिल्लो २४ घण्टामा ९ हजार ५३३ जनाको परीक्षण भएको छ। हाल ७ हजार ४०३ जना क्वारेन्टाइनमा छन्। 

    पछिल्लो २४ घण्टामा १ हजार ५ जना निको भएका छन्। यो सँगै ४७ हजार २३८ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology