Logo बिहिवार, आश्विन १ गते २०८३
images

इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा

इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा

  • 2.2K
    SHARES

  • इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा

    बुटवल,असार १६- 

     इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

    मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो । जितसँगै इंग्ल्याण्डले सन् १९९६ को युरो सेमिफाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ ।

    लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा इंग्ल्याण्डले दुई गोल गर्‍यो । राहम स्टर्लिङले ७५औं मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाए भने कप्तान ह्यारी  केनले ८६औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

    जर्मनीको हारपछि ग्रुप अफ डेथमा रहेका सबै टिम युरो २०२० बाट बाहिरिएका छन् ।  साविक विजेता पोर्चुगल र फ्रान्स अन्तिम १६ बाटै बाहिरिसकेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology