Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलाेत्तमा १० का किसानले मेसिनबाट धान रोपे,भन्छन् -‘प्रविधिले सहज धेरै भाे’ (फाेटाेफिचर)

तिलाेत्तमा १० का किसानले मेसिनबाट धान रोपे,भन्छन् -‘प्रविधिले सहज धेरै भाे’ (फाेटाेफिचर)

  • 3.7K
    SHARES

  • तिलाेत्तमा १० का किसानले मेसिनबाट धान रोपे,भन्छन् -‘प्रविधिले सहज धेरै भाे’ (फाेटाेफिचर)

    बुटवल,असार १६- 

    १८ औँ राष्ट्रिय धान दिवसको अवसरमा रुपन्देहीको उद्यमशिल टोल विकास संस्था, तिलोत्तमा १० मा मेशिनबाट धान रोपाई गरिएको छ । प्रविधिमा आधारित कृषि, आत्मनिर्भरता र समृद्धिको नारा बोकेको संस्थाले अघिल्लो वर्षदेखि मेशिनबाट धान रोप्न लागेको हो ।

    तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले मेशिनबाट धान रोपेर औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गर्दै कृषिमा नयाँ प्रविधि र विकास जरुरी रहेको बताए ।

    mechain dhan khet.jpg

    कांग्रेस नेता तथा अभियन्ता डा. दामोदर भुषालले किसानका लागि बिउ खरिददेखि कृषि उत्पादन र बजारीकरणसम्म धेरै समस्या रहेको बताए । उनले समाधान गर्न सरकारको सहयोग जरुरी रहेको बताए। प्रविधि किन्नका लागि किन्ने भन्दा पनि ब्यवहारिकताबारे अध्ययन गर्न जरुरी रहेको बताए ।

    dhan beu khet.jpg

    समुहमा रहेका किसानहरु करिब ५ विगाहा क्षेत्रफलमा चकलाबन्दी खेती गर्दै आएको उनले बताए । बीउ बनाउन ढिलाई हुदा रोपाईमा समस्या भएको उनले बताए ।

    संस्थाका सचिव शिव प्रसाद ढकालले संस्थामा १ सय १४ घरधुरि रहेको बताए । उद्यमशिल टोल विकास संस्थाका अध्यक्ष घनसिह पुनले ब्यवहारिक रुपमा प्रविधियुक्त रोपाई देखाउन पनि कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए ।

    परम्परागत खेतिबाट किसानलाई श्रम बढी र आर्थिक रुपमा घाटा रहेको भन्दै उनले कृषिमा आधुनिकता र मेशिनको प्रयोग जरुरी रहेको बताए । बजारमा विभिन्न किसिमका पेडि रोपर मेशिनहरु भित्रिएका छन ।

    ropain khet.jpg

    नेपालमा मनमीत श्री ट्रेनिङले कृषिजन्य प्रविधिहरु भित्राएर किसानलाई साथ दिदै आएको छ । मनमीत श्री ट्रेनिङका संचालक उदय कुमार सिहले कृषिलाई आधुनिकता ल्याउने नया नया प्रविधि प्रयोगबारे किसानलाई सिकाउदै आएको बताए ।

    dhan khet.jpg

    शक्तिमानको पेडि रोपर ३७ नामको यो मेशिन एउटा अत्याधुनिक मेशिन हो जसको माध्यमबाट एउटा सिधा लाईनमा धान रोप्न सकिन्छ । परम्परागत खेति गर्दा २० जनाले दिनभरिमा १ विगाहा धान रोप्न सक्छ भने यो मेशिनको प्रयोगबाट एक जनाले एक दिनमा ५ विगाहा रोप्न सकिने छ । प्रतिघण्टा १० कठ्ठा क्षेत्रफलमा रोपाई गर्न सकिने उनले बताए । मेशिन करिब ६ लाख रुपैया पर्ने उनले बताए ।

    khet dhan ropain.jpg

    यता अखिल नेपाल किसान महासंघ रुपन्देहीले रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ । बुटवल १२ स्थित सिद्धबाबा तरकारी उत्पादक कृषी समूहको १४ कठ्ठा खेतमा धान रोपाई गरेर दिवस मनाएको हो ।

    बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आचार्यले धान रोपेर कार्यक्रमको उद्घाटन गर्दै उपमहानगरले किसान लक्षित कार्यक्रम ल्याएर प्रोत्साहन गरेको बताईन ।

    dhan diwas.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology