Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस संसदीय दलले भन्यो– डा.केसीको माग सम्बोधन गरि जीवन रक्षा गर

कांग्रेस संसदीय दलले भन्यो– डा.केसीको माग सम्बोधन गरि जीवन रक्षा गर

  • 2.3K
    SHARES

  • कांग्रेस संसदीय दलले भन्यो– डा.केसीको माग सम्बोधन गरि जीवन रक्षा गर

    बुटवल,असोज ५-

    नेपाल कांग्रेस संसदीय दलले अनशनरत डा. गोविन्द केसीको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार एक विज्ञप्ति जारी गर्दै अनशनरत डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक बन्दै जाँदा समेत सरकारले उनको मागका बारेमा बेवस्ता गर्नु अत्यन्त दुःखद् भएको बताएका छन् ।

    डा. केसीले अघि सारेका विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी सरकारले उनको जीवन रक्षा गर्नु पर्ने कांग्रेसको माग छ ।यसअघि कांग्रेस नेतृत्वको सरकारले ल्याएको स्वास्थ्यसम्बन्धी अध्यादेशलाई समेत कार्यान्वयन गर्नुपर्ने माग कांग्रेसले अघि सारेको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology