Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा सक्रिय कोरोना संक्रमितको संख्या २११ पुग्यो, कुन वडामा कति संक्रमित ? [तालिका सहित]

बुटवलमा सक्रिय कोरोना संक्रमितको संख्या २११ पुग्यो, कुन वडामा कति संक्रमित ? [तालिका सहित]

  • 4.5K
    SHARES

  • बुटवलमा सक्रिय कोरोना संक्रमितको संख्या २११ पुग्यो, कुन वडामा कति संक्रमित ? [तालिका सहित]

    बुटवल,भदौ १३ ।

    बुटवल उपमहानगरमा  ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपमहानगरमा सक्रिय कोरोना संक्रमितकाे संख्या २ सय ११ जना  पुगेकाे छ । हालसम्म ५४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

    शनिबार वडा नम्बर ३ मा २ जना तथा वडा नम्बर ४, ६, ८ र १२ मा एक-एक जना संक्रमित थपिएका हुन् । यसैगरी वडा नम्बर ११ मा ३ जना थपिएका छन् भने २ जनाको ठेगाना खुलेको छैन ।

    उपमहानगरको सबैभन्दा बढी वडा नम्बर ११ मा ६१ जना, वडा नम्बर ३ मा २८ जना, १३ मा २५ जना, वडा नम्बर ९ मा १२ जना, वडा नम्बर ४ मा १३, वडा नम्बर ६ मा १४, ८ मा १३ तथा वडा नम्बर १२ मा १२ जना संक्रमित रहेका छन् ।

    यसैगरी वडा नम्बर १ मा ७ जना, २ मा ४ जना, १५ मा ३ जना, १६ र १७ मा २-२ जना तथा वडा नम्बर ५ र १० मा एक-एक जना संक्रमित छन् भने अन्य १३ जनाको ठेगाना खुलेको छैन ।

    butwal corona.jpg

    याे पनि :-भैरहवामा कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या १२५

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology