Logo बिहिवार, आश्विन १ गते २०८३
images

१९२० जना कोरोना संक्रमित थपिए,३४ जनाको मृत्यु,३ हजार ७ जना निको

१९२० जना कोरोना संक्रमित थपिए,३४ जनाको मृत्यु,३ हजार ७ जना निको

  • 2.0K
    SHARES

  • १९२० जना कोरोना  संक्रमित थपिए,३४ जनाको मृत्यु,३ हजार ७ जना निको

    बुटवल,असार १३- 

    बिगत २४ घण्टामा  थप १ हजार ९ सय २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ६ हजार जनामा  पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


    यस्तै सोही अवधिमा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । २४ घण्टामा थप ३००७ जना निको भएका छन् । यससँगै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन्  । 


    यसैबीच बितेको २४ घण्टामा उपत्यकामा ४ सय २४ जना संक्रमित थपिएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology