बुटवल,असोज ५-
बाँकेमा थप एकजना कोरोना संक्रमितको सोमवार विहान मृत्यु भएको छ । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. ४ सहारे निवासी ५८ बर्षीय पुरुषको सोमवार विहान ६:२५बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।
मृतक ज्यान केसका कैदी बन्दी भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । उनी उपचारका लागि सुर्खेतवाट बाँके कारागार हुँदै अस्पताल पुर्याइएका व्यक्ति हुन ।बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पिसिआर परीक्षणका क्रममा उनलाई भदौ २१ गते राति १० बजेतिर कोरोना पुष्टि भएको थियो ।
सामान्ने वार्डमा राखेर उपचार भइरहेकोमा स्वास्थ्यमा समस्या भएपछि उनलाई भदौ २२ गते भेरी अस्पतालको कोरोना आइसोलेनसमा भर्ना गरिएको थियो ।पुरानो दमको विरामी रहेको तथा स्वास प्रश्वासमा गम्भीर समस्या उत्पन्न भएपछि उनको मृत्यु भएको जानकारी दिइएको छ । योसंगै बाँकेमा ११ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
मृतकहरु ७ जना बाँकेका र ४ जना बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका व्यक्तिहरु रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)