Logo बुधवार, श्रावण १३ गते २०८३
images

थप २०१६ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

थप २०१६ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

  • 2.0K
    SHARES

  • थप २०१६ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

    बुटवल,असार १२ -

    पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने ४९१४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । कोरोना संक्रमणका कारण ८ हजार ९७५ जनाको मृत्यु भएको छ ।

    सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । तीमध्ये ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा छन् ।

    रूपन्देहीमा २७ जनामा संक्रमण पुष्टि,संक्रिय संक्रमितको संख्या २०३ पुग्याे

    रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा २७ जनामा संक्रमण पुष्टि भएको छ भने २४ जना निको भएका छन् । १८७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल महानगरपालिका र तिलोत्तमा नगरपालिकामा ७-७ जना , बुटवल उपमहानगरपालिकामा ५, देबदह नगरपालिकामा ४, सैनामैना नगरपालिकामा ३ , ओमसितया गाउँपालिका र कञ्चन गाउँपालिकामा २र२ जना, सियारी र लुम्बिनी सास्कृतिक नगरपालिकामा १-१ जना संक्रमीत थपिएका छन् ।

    २४ घण्टाको अवधीमा रुपन्देहीमा कोरोनाबाट कुनैपनि संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४८२ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २०३ रहेको छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology