Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालीगण्डकीको पानी तिनाउ नदीमा खसाल्ने आयोजना शुरू,डिपिआरका लागि बुटवलमा कार्यालय

कालीगण्डकीको पानी तिनाउ नदीमा खसाल्ने आयोजना शुरू,डिपिआरका लागि बुटवलमा कार्यालय

  • 10.0K
    SHARES

  • कालीगण्डकीको पानी तिनाउ नदीमा खसाल्ने आयोजना शुरू,डिपिआरका लागि बुटवलमा कार्यालय

    बुटवल,असार १२-

    कालीगण्डकीको पानी तिनाउ नदीमा खसाल्ने योजना सहितको कालीगण्डकी-तिनाउ डाइभर्सन आयोजना शुरू भएको छ । बुटवलमा कार्यालय स्थापना गरिएसँगै यो आयोजनाले गति लिने अपेक्षा गरिएको छ ।

    कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाइ पुर्‍याउने तथा १२६ मेगावाट विद्युत निकाल्ने यो परियोजनाको लक्ष्य रहेको छ।

    यो परियोजनाको डिपिआर सम्पन्न गर्ने रहेको आयोजना प्रमुख सन्तोष कैनीले बताए। आगामी एक वर्षभित्र डिपिआरको काम सम्पन्न गरी अर्को वर्षदेखि निर्माणको काम थाल्ने गरी काम अघि बढाएको आयोजनाले बताएको छ।

    नदी डाइभर्सन गर्दा त्यसले ठूलो वातावरणीय चुनौती ल्याउने भन्दै माथिल्लो तटीय क्षेत्रका स्थानीयले भने यो आयोजनाको विरोध गर्दै आएका छन्।

    उपप्रधानमन्त्री पौडेलले भने कालीगण्डकी नदीको सभ्यता र यसको वातावरणीय अध्ययन  गर्दै माथिल्लो तटीय क्षेत्रका जनतालाई चित्त बुझाएर मात्र आयोजनाको काम अघि बढ्ने बताएका छन्।

    कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजना राष्ट्रिय सिँचाइ गुरुयोजनाका ११ वटा अन्तरजलाधार स्थानान्तरणका आयोजना मध्येको एउटा परियोजना हो। गुरुयोजना अनुसार कालीगण्डकीको पानीलाई २७ र ७  किलोमिटरका दुइ वटा सुरूङमार्फत तिनाउ नदीमा खसालिने छ।

    सिँचाइ विभागका अनुसार कालीगण्डकीबाट तिनाउमा अन्तरजलाधार स्थानान्तरण गरी विद्युत् निकाल्ने र ट्रेलकेस अर्थात् विद्युत् उत्पादनमा प्रयोग भई बगेको पानीलाई सिँचाइमा प्रयोग गरिने गरी परियोजनाको डिपिआर बन्दैछ।
     
    स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा ड्याम बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ स्थित दोभानमा पानी खसालिनेछ। २७ किलोमिटर सुरूङमार्फत दोभानमा १ सय मेगावाट विद्युत उत्पादन हुनेछ। दोभानमा विशाल जलाशय निर्माण गरेर केही भाग पानी  तिनाउ नदीमा बगाइनेछ भने त्यहाँबाट बुटवलको बेलवाससम्म ७ किलोमिटर लामो सुरूङमार्फत अर्को विद्युत गृह निर्माण गरी २६ मेगावाट विद्युत उत्पादन गरिनेछ। 

    त्यसरी बेलवास पुगेको पानीलाई नहर मार्फत कपिलवस्तु सम्म पुर्याएर सिंचाइका काममा प्रयोग गरिनेछ। यसो हुँदा रुपन्देही र कपिलवस्तुका एक लाख हेक्टर जमिनमा सिंचाइको सुविधा पुग्नेछ। करिब ९ मिटर चौडा सुरूङमार्गबाट ८२ घनलिटर प्रतिसेकेन्ड पानी तिनाउ नदीमा पुर्‍याउन सकिने विश्वास प्राविधिकहरूको छ।

    यो आयोजनाको कार्यालयको गृहमन्त्री विष्णुप्रसाद पौडेलले आज बुटवलमा उद्घाटन गर्ने कार्यक्रम छ । 

    यी पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology