Logo बिहिवार, आश्विन १ गते २०८३
images

ताराखोला गाउँपालिकाको बजेट ३५ करोड ५१ लाख (पूर्णपाठसहित)

ताराखोला गाउँपालिकाको बजेट ३५ करोड ५१ लाख (पूर्णपाठसहित)

  • 2.7K
    SHARES

  • ताराखोला गाउँपालिकाको बजेट ३५ करोड ५१ लाख (पूर्णपाठसहित)

    कौरव खत्री/बागलुङ,असार १२-

    बागलुङको ताराखोला गाउँपालिकाले पर्यटन गाउँ बिकासकालागि स्टोन भिलेज कार्यक्रमसहितको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षकालागि ल्याएको बजेटमा पर्यटन गुरुयोजना र डिपिआर बनाउने लक्ष्य छ ।

    गाउँपालिकाले ३५ करोड ५१ लाख ८६ हजार ९ सय ९८ रुपैयाँको बजेट ल्याएको हो । जसमा पूँजिगततर्फ १० करोड ९१ लाख ४५ हजार ९ सय ९८ रुपैयाँ र चालुतर्फ ससर्त अनुदानसहित १८ करोड ८० लाख ४१ हजार बिनियोजन गरिएको हो । पर्यटन प्रवद्र्धनकै लागि गाइघाट झरना पुननिर्माण र व्यवस्थापन गरेर आर्कषण बढाउन १५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

    डिपिआर अनुसार गाउँपालिकामा बजेट परिचालन गरेर आर्थिक समृद्धि ल्याउने उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । यसअघि पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले तनहुँको बन्दीपुर र गुल्मीको धुरकोट गाउँपालिकासँग मितेरी साइनो जोडेको छ ।

    आर्थिक बिकासतर्फ कृषिलाई जोड दिएको छ । जसमा कृषि विकास कार्यक्रमका लागि ४८ लाख ५० हजार रकम बिनियोजन छ । करिमेला गाउँलाई स्टोन भिलेज बनाउन यो बजेटमा १५ लाख बिनियोजन छ । सामाजिक बिकासतर्फ बालबिकास सहजकर्ताको तलब बढाउन ४२ लाख ४० हजार बजेट बिनियोजन गरिएको छ ।

    महिला स्वास्थ्य स्वयंसेविकाका लागि मोबाइल रिचार्ज र १० बर्षे जीवन बिमा कार्यक्रमका लागि बजेट बिनियोजन भएको छ । पुर्वाधार विकासतर्फ वडा नं। १ देखी गाउँपालिका जोड्ने सडकका लागि १ करोड ४१ लाख ६६ हजार रकम, घुस्मेली गाउँपालिका जोड्न १ करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    आगामी वर्षका लागि पशु विकासतर्फ बाख्रा पकेट कार्यक्रम पाडापाडी प्रर्वद्धन कार्यक्रमका लागि ४२ लाख रुपैयाँ र पशु विकास तर्फ १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    बजेट पूर्णपाठ

    ताराखोला गाउँपालिकाको बजेट पूर्णपाठका लागि यहाँ थिच्नुहाेस्

    ताराखोलाको नीति तथा कार्यक्रम : स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology