Logo बिहिवार, आश्विन १ गते २०८३
images

युरोकप फुटबल : आजदेखि नकआउट चरणका खेल हुने

युरोकप फुटबल : आजदेखि नकआउट चरणका खेल हुने

  • 2.2K
    SHARES

  • युरोकप फुटबल : आजदेखि नकआउट चरणका खेल हुने

    बुटवल,असार १२-

    युरो कप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदैछन्।

    पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् । समूह ए को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह बी को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो ।

    समूह चरणका खेलमा डेनमार्कले रुसलाई र फिनल्यान्डलाई हराएको थियो भने बेल्जियमसँग पराजित भएको थियो । यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित भएको थियो ।

    यस्तै युरो कपमै राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटली र अस्ट्रिया खेल्दैछन् । इटलीले समूह चरणका तीनवटै खेल जितेको थियो । अस्ट्रियाले नर्थ म्यासेडोनिया र युक्रेनलाई हराएको थियो भने नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology