Logo बिहिवार, आश्विन १ गते २०८३
images

गलकोट नगरपालिकालाई २० लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

गलकोट नगरपालिकालाई २० लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

  • 2.7K
    SHARES

  • गलकोट नगरपालिकालाई २० लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

    कौरव खत्री/बागलुङ ,असार ११-

    बागलुङको गलकोट नगरपालिकालाई करिब २० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

    गलकोट नगरपालिकाको माग बमोजिम नेपाल सरकार स्वास्थ्य सेवा विभाग काठमाडौले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीशुक्रबार  हस्तान्तरण गरिएको हो ।

    कोरोना अस्पतालका लागि विभागद्वारा उपलब्ध गराएका स्वास्थ्य सामाग्री नेपाली काग्रेश बागलुङ निर्वाचन क्षेत्र नं २ का सभापति दोर्ण कुवँरले आज नगरपालिकालाई हस्तान्रण गर्नुभएको हो ।

    गलकोट नगरपालिकाले कोरोना अस्पतालका लागि आवश्यक स्वास्थ्य सामागी स्वास्थ्य तथा जनसंङख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागमा माग गरि सम्वन्य गर्न क्षेत्रिय सभापति कुवँरलाई गरेको आग्रह बमोजिम करिब २० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्रण गरिएको हो ।

    सामाग्री प्रदान गर्दै क्षेत्रिय सभापति कुवँरले कोराना संक्रमितको उपचारलाई प्राथमिकता दिन आग्रह गर्दै उपलब्ध स्वास्थ्य सामाग्रीहरुले अन्य रोगका बिरामीहरुको उपचारमा समेत सहयोग पुग्ने बताउनुभयो । 

    उहाँले गलकोट नगरपालिका सहित स्थानिय सरकारले आम नागरिकको जिबनरक्षाको लागि गरेको प्रयास प्रशसनिय रहेको बताउनुभएको थियो । नगरपालिकालाई ४ वटा अक्सिजन सिलिन्डर, २ वटा अक्सिजन कन्सन्ट्रेटर, २ वटा अक्सिमिटर, १ हजार पिस मास्क, १ सय पिस फेस शिल्ड लगायतका गलकोट नगरपालिकाले माग गरे बमोजिमका स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।

    कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले स्वास्थ्य सामाग्री प्रदान गर्ने स्वास्थ्य सेवा विभागप्रति धन्यवाद व्यक्त गर्दै सामाग्री गलकोट सम्म ल्याउन सहयोग गर्नुहुने नेपाली काग्रेस तथा क्षेत्र नं २ का सभापति दोर्ण कुवँरलाई समेत धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

     नगरअस्पतालबाट प्रवाह हुने सेवालाई थप परस्कृत र व्यवस्थित बनाउदै सुविधा सम्पन्न बनाउने योजनामा नगरपालिका जुटेको छ । नगरप्रमुख गैरेले भन्नुभयो नगरअस्पतालमा गलकोट नगरपालिका सँगै छिमेकी पालिकाका बिरामीहरुले समेत उपचार गर्ने सोचका साथ स्तरिकरणको कार्यक्रम सञ्चालन गरिएको छ ।

    कोरोना भाइरसको विभिन्न लहरहरुको कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले पुर्व सर्तकता सँगै पुर्व तयारीका कार्यक्रम समेत सञ्चालन गरेको गैरेको भनाई छ । गैरेले कोरोनको तेस्रो भेरियन्टबाट बालबालिकाहरु प्रभावित हुने विज्ञहरुको भनाई अनुसार पुर्व तयारीका लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोग गर्ने सहयोगदाता सबैलाई आग्रह गर्दै उच्च सर्तकता अपनाउन आग्रह गर्नुभयो ।

     बागलुङका पश्चिम ६ वटै पालिकाका कोरोना अस्पतालका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको र थप स्वास्थ्य चौकी र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन नेपाली काग्रेस क्षेत्र नं २ ले पहल गरेको कुवँरको भनाई छ । 

    नेपाली काग्रेसका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको हस्तान्तरण कार्यक्रम शितल शर्माको सहजीकरणमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology