Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीमा २४ घण्टामा २२ जनामा कोभिड-१९ संक्रमण पुष्टि,९५ जना निको

रूपन्देहीमा २४ घण्टामा २२ जनामा कोभिड-१९ संक्रमण पुष्टि,९५ जना निको

  • 2.4K
    SHARES

  • रूपन्देहीमा २४ घण्टामा २२ जनामा कोभिड-१९ संक्रमण पुष्टि,९५ जना निको

    बुटवल,असार ११-

    रूपन्देहीमा पछिल्लो २४ घण्टामा २२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यही अवधीमा ९५ जना निको भएका छन् ।

    १८५ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा ७ जना , बुटवल उपमहानगरपालिकामा ५, देवदह नगरपालिकामा ४, सैनामैना नगरपालिकामा २ ,सिद्धार्थनगर नगरपालिका, ओमसितया गाउँपालिका, कञ्चन गाउँपालिका र सुद्धोधन गाउँपालिकामा १–१ जना संक्रमित थपिएको थियो ।

    रूपन्देहीमा संक्रिय संक्रमितको संख्या २ सय छ । २४ घण्टामा कोरोनाबाट कुनैपनि संक्रमितको ज्यान गएको छैन ।  अहिलेसम्म जिल्लामा ४८२ जनाको ज्यान गैसकेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology