Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्यान्सरका बिरामीलाई ईनरव्हिल मिडटाउनद्वारा ३१ हजार सहयोग 

क्यान्सरका बिरामीलाई ईनरव्हिल मिडटाउनद्वारा ३१ हजार सहयोग 

  • 2.4K
    SHARES

  • क्यान्सरका बिरामीलाई ईनरव्हिल मिडटाउनद्वारा ३१ हजार सहयोग 

    बुटवल,असार ११-

    ईनरव्हिल क्लव अफ मिडटाउन बुटवलले एक ब्लड क्यान्सर बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

    स्याङजाको गलेङ नगरपालिका हतुमका स्थानीय भागिरथ भट्टराईलाई क्लवले आर्थिक सहयोग गरेको हो । क्लवले हाल तिलोत्तमामा बसिरहेका उनलाइ भेटेर ३१ हजार रुपैयाँ सहयोग गरेको हो ।

    विगत ५ महिनादेखि ब्लड क्याक्सरबाट प्रभावित बनेका भट्टराईले मिडटाउन वर्ष २०२०÷२१ का अध्यक्ष मिठु टण्डन भण्डारीले नगद ३१ हजारको चेक हस्तान्तरढा गर्नु भएको हो ।

    भण्डारीको अध्यक्षतामा भएको आर्थिक सहयोग कार्यक्रममा क्लवका इडिटर सुमित्रा न्यौपाने, एक्जुकेटिभ मेम्वर गिता खनाल लगायतले अशक्त, असहायलाई सक्दो सहयोग गर्ने अभियान अन्तरगत क्यान्सर प्रभावित भट्टराईलाई आर्थिक सहयोग गरिएको बताउनुभयो ।

    क्लवले आफ्नो १२ औं स्थापना दिवस ९चाटर्ड डे० को अवसर पारेर रक्त क्यान्सरलाई सहयोग गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

    विगत ५ महिनादेखि क्यान्सरबाट पीडित भएका भट्टराईको उपचार भरतपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भई रहेकाले सहयोगका लागि भट्टराईका परिवारले सबैसँग आग्रह गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology