Logo बिहिवार, आश्विन १ गते २०८३
images

थपिए २४७६ कोराेना संक्रमित,५४५५ संक्रमित निको,२७को मृत्यु

थपिए २४७६ कोराेना संक्रमित,५४५५ संक्रमित निको,२७को मृत्यु

  • 1.5K
    SHARES

  • थपिए २४७६ कोराेना संक्रमित,५४५५ संक्रमित निको,२७को मृत्यु

    बुटवल,असार ११-

    नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोभिड-१९ पुष्टि भएको छ । 

    भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ हजार ४ सय ५५ जना संक्रमित निको भएका छन् । यससँगै नेपालमा उपचारपछि निको हुने संक्रमितको संख्या ५ लाख ७६ हजार ४ सय १३ पुगेको छ ।

    यता, पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोभिडका कारण मृत्यु हुने संख्या ८ हजार ९ सय ४५ पुगेको छ ।

    रुपन्देहीमा  २२ जनामा संक्रमण पुष्टि :

    यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा २२ जनामा संक्रमण पुष्टि भएको छ भने ९५ जना निको भएका छन् ।१८५ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा ७ जना , बुटवल उपमहानगरपालिकामा ५, देबदह नगरपालिकामा ४, सैनामैना नगरपालिकामा २ , सिद्धार्थनगर नगरपालिका, ओमसितया गाउँपालिका, कञ्चन गाउँपालिका र सुद्धोधन गाउँपालिकामा १–१ जना संक्रमित थपिएको थियो । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २०० छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology