बुटवल,असार ११-
पहिलो पटक हुन लागेको स्वास्थ्यकर्मीको लाइसेन्स दर्ता परीक्षा स्थगित भएको छ ।
कोभिड-१९ को संक्रमण तीब्र बनेका कारण नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षा स्थगित गरेको परिषद्का रजिष्ट्रार पुष्पराज खनालले जानकारी दिए ।
परीक्षा समितिले कोभिड-१९ को महामारी तीब्र रुपमा फैलिएको र देश बन्दाबन्दीमा रहेको विषम अवस्थामा परीक्षा सञ्चालन गर्दा देशका विभिन्न ठाउँबाट परीक्षामा सहभागी हुन अहिलेकै अवस्थामा परीक्षार्थीहरु काठमाडौं आउन नसक्ने भन्दैं परिषद्लाई परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा २ असारमा बसेको परिषद्को बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यसअघि १० बैशाखमा बसेको परिषद्को बैठकले पहिलो पटक स्वास्थ्यकर्मीको लाइसेन्स लिने निर्णय गरेको थियो ।
उक्त बैठकले १९ असारमा लाइसेन्स परीक्षा मिति तोकेर अनलाइन आवेदन फाराम पनि माग गरेको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)