बुटवल,असार १०-
रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-०७९ लागि १ अर्ब २२ करोड १९ लाख ४३ हजार ३४१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नवौं नगरसभाको तेस्रो वैठकमा सैनामैना नगरपालिका उपप्रमुख विना रानाले कोरोना जोखिम नियन्त्रण र न्यूनिकरण, अधुरा आयोजनालाई पूर्णता, कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन् ।
प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ५१ करोड ४८ लाख ५५ हजार विनियोजन भएको छ भने पुँजीगततर्फ ७० करोड ७१ लख २८ हजार ३४१ रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी आगामी आर्थिक वर्षका लागि अनमुान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये संघीय सरकारबाट अनुदान ९१ करोड ३८ लाख २ हजार, प्रदेश सरकारबाट ६ करोड ४१ लाख ३३ हजार ७ सय ४४, आन्तरिक स्रोतबाट आव २०७७-७८ बाट मौजदात बाँकी रकम सहित २४ करोड ४० लाख ७ हजार ५ सय ६७ रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।बजेटमा कोभिड–१९ सग जुध्नका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
त्यसैगरी स्वास्थ्य र सरसफाई क्षेत्रको लागि १० करोड ५० लाख ७२ हजार विनियोजन गरिएको छ । फोहोरमैला व्यवस्थापन कोषमा ५० लाख विनियोजन गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)