Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२५ जना कार्यपालिका सदस्यले बहिष्कार गरेपछि ओमसतियाको बजेटसभा स्थगित

२५ जना कार्यपालिका सदस्यले बहिष्कार गरेपछि ओमसतियाको बजेटसभा स्थगित

  • 1.9K
    SHARES

  • २५ जना कार्यपालिका सदस्यले बहिष्कार गरेपछि ओमसतियाको बजेटसभा स्थगित

    बुटवल,असार १०-

    रूपन्देहीको ओमसतिया गाउँपालिकाको आज बोलाइएको गाउँसभा स्थगित भएको छ ।वडाध्यक्षसहित बहुमत कार्यपालिका सदस्यले बहिष्कार गरेपछि गाउँसभा स्थगित भएको हाे ।

    पालिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले आफूहरुसँग समन्वय नगरी नीति तथा कार्यक्रम र बजेट ल्याउन खोजेको भन्दै ६ जना वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुले गाउँसभा बहिष्कार गरेपछि आजको सभा स्थगित भएको हो । पालिका अध्यक्ष हिरा केवटले आज बोलाइएको गाउँसभामा गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको र ३ दिनपछि गाउँसभा बोलाइएको बताए ।

    वडाध्यक्षहरुले बिहीबार दिउँसो बोलाइएको गाउँसभा बहिष्कार गर्ने घोषणा बिहानै गरेका थिए । ओमसतियाका ६ जना वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यपालिकाको निर्णयबिना मनोमानी ढंगले गाउँसभा बोलाइएकोले बहिष्कार गरेको बताएका छन् ।


    पालिका अध्यक्ष हिरा केवटले प्रस्तुत गर्न लागिएको नीति तथा कार्यक्रमलगायत आर्थिक वर्ष २०७८-७९ को बजेट तर्जुमाको दुईतिहाई बहुमत कार्यपालिका सदस्य र वडा सदस्यहरुले बहिष्कार गर्ने घोषणा गरेको उनीहरुको दावी छ ।

    बहिष्कार गर्ने रहर नभइ कार्यपालिका सदस्यहरुको सहमतिबिना नै गाउँसभा बोलाइएकोले आफूहरु बहिष्कार गर्न वाध्य भएको वडा नम्बर ६ का वडाअध्यक्ष शिवकुमार धवलले बताए ।

    गाउँपालिकाका दुईतिहाई बहुमत कार्यपालिका सदस्यहरुले गाउँपालिकाद्वारा सञ्चालित बजेटको आयव्ययको विवरणसम्बन्धी जानकारी नपाएको र कर्मचारी नियुक्ति गर्दा मनलाग्दी गरेकाले गाउँसभा बहिष्कार गर्ने अडान लिन बाध्य भएको धवलले बताए ।

    वडा नम्बर २ का वडाअध्यक्ष ज्ञानेश श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम जनताको अत्यावश्यक योजना भन्दाविपरीत आफूलाई चुनावमा सजिलो हुने गरी प्रचारमुखी योजना तथा कार्यक्रम ल्याउन खोजेको भन्दै आपत्ति जनाए ।

    ३४ जना गाउँसभाका सदस्यमध्ये २५ जना सदस्य आफूहरुसंग रहेको वडाअध्यक्ष शिवकुमार धवलले दावी गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology