बुटवल,असार १०-
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४७४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टीजेन गरी १२ हजार २ सय ३२ स्वाब परीक्षण गरिएकोमध्ये २ हजार ४ सय ७४ जनामा कोभिड पुष्टि भएको हो।
यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ।
यस्तै, थप २ हजार ५ सय १८ जना संक्रमित निको भएका छन् । सोही अवधिमा २४ जनाको मृत्यु भएको छ । हाल निको हुने संक्रमितको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ भने ८ हजार ९१८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अहिले देशभर ४९ हजार ५५५ जना सक्रिय संक्रमित छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)