Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपति भण्डारीद्वारा लोकसेवा,अख्तियार लगायतका संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त (नामावली)

राष्ट्रपति भण्डारीद्वारा लोकसेवा,अख्तियार लगायतका संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त (नामावली)

  • 2.9K
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा  लोकसेवा,अख्तियार लगायतका संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त (नामावली)

    बुटवल,असार १०-

    राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् ।

    प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति भण्डारीले उनीहरुलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो ।

    गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

    संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

    को-को भए नियुक्त ?

    • अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    हरि पौडेल, सदस्य

    सुमित्रा श्रेष्ठ, सदस्य

    • लोकसेवा आयोग

    माधवप्रसाद रेग्मी, अध्यक्ष

    माधव बेल्बासे, सदस्य

    वीरबहादुर राई, सदस्य

    दिनेश सिलवाल, सदस्य

    मञ्जुकुमारी, सदस्य

    • निर्वाचन आयोग

    सगुनशम्शेर जबरा, सदस्य

    • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

    विपिनराज निरौला, सदस्य

    • राष्ट्रिय महिला आयोग

    जया घिमिरे, सदस्य

    सावित्राकुमारी शर्मा, सदस्य

    सुन्दर पुर्कोटी, सदस्य

    • राष्ट्रिय समावेशी आयोग

    रामकृष्ण तिमल्सेना, अध्यक्ष

    पुष्पराज तिमिल्सिना, सदस्य

    मानप्रसाद खत्री, सदस्य

    • आदिवासी जनजाति आयोग

    सुर्यबहादुर गुरुङ, सदस्य

    • मधेसी आयोग

    आभाकुमारी, सदस्य

    • थारु आयोग

    उमाशंकर प्रसाद चौधरी, सदस्य

    शान्ति मोदी, सदस्य

    • मुस्लिम आयोग

    मोहम्मद समशुल हक, सदस्य

    विज्ञप्ति हेराैँ :-

    Sambaidhanik-aayog.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology