Logo बिहिवार, आश्विन १ गते २०८३
images

युरो २०२० : इंगल्यान्डले जर्मनीको सामना गर्ने,बेल्जियमलाई पोर्चुगलको चुनौती (खेलतालिका)

युरो २०२० : इंगल्यान्डले जर्मनीको सामना गर्ने,बेल्जियमलाई पोर्चुगलको चुनौती (खेलतालिका)

  • 2.3K
    SHARES

  • युरो २०२० : इंगल्यान्डले जर्मनीको सामना गर्ने,बेल्जियमलाई पोर्चुगलको चुनौती (खेलतालिका)

    बुटवल,असार १० - 

    युरो २०२० को अन्तिम १६ मा इंगल्यान्ड र जर्मनीको भेट पक्का भएको छ । इंगल्यान्ड समूह डी को विजेता बन्दै युरोको प्रि-क्‍वार्टरफाइनल प्रवेश गरेको हो भने जर्मनी बुधबार राति समूह एफको उप-विजेता बन्यो । दुई टिम आउँदो मंगलबार साँझ लन्‍डनको वेम्बली रंगशालामा आमनेसामने हुनेछन् ।

    बुधबार समूह एफमा दुवै खेल बराबरीमा सकिएका थिए । जर्मनी हंगेरीसँग २-२ को बराबरीमा रोकियो भने फ्रान्स र पोर्चुगलले पनि २-२ कै बराबरी खेले । तीन खेलबाट पाँच अंक बनाएको फ्रान्स समूह विजेता बन्यो । अब फ्रान्सले अन्तिम १६ मा स्विटजरल्यान्डको चुनाती सामना गर्नेछ । सो खेल रोमानियाको राजधानी बुकारेस्टस्थित नेसनल ऐरेनामा आउँदो मंगलबार राति हुनेछ । 

    युरोको पहिलो प्रि-क्‍वार्टरफाइनलमा आउँदो शनिबार साँझ वेल्स र डेनमार्क भिड्नेछन् । दुवै टिम आ-आफ्ना समूहबाट उप-विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । शनिबार राति नै अर्को प्रि-क्‍वार्टरफाइनलमा इटालीले अस्ट्रियाको सामना गर्नेछ । इटाली समूह एको विजेता हो भने अस्ट्रिया समूह सी को उप-विजेता हो । वेल्स र डेनमार्कबीचको खेल आम्सटेरडामको योहान त्रुफ एरेनामा हुनेछ भने इटाली र अस्ट्रिया वेम्बलीमा भिड्नेछन् । 

    जारी युरोमा स्विटजरल्यान्ड बाहेक आ-आफ्ना समूहमा तेस्रो हुने पोर्चुगल, चेक गणतन्त्र र युक्रेनले पनि आन्तिम १६ मा स्थान बनाए । पोर्चुगलले अन्तिम १६ मा बेल्जियमको सामना गर्नेछ । दुई टिम स्पेनको सेभिलमा आउँदो सोमबार राति आमनेसामने हुनेछन् ।

    त्यस्तै, समूह बीको विजेता नेदरल्यान्ड्सले चेक गणतन्त्रको चुनौती सामने गर्नेछ । सो खेल आइतबार साँझ हंगेरीको बुडापेस्टमा खेलाइनेछ । अन्तिम १६ कै अर्को खेलमा समूह ईको विजेता स्विडेनले समूह सी मा तेस्रो स्थानमा रहेको युक्रेनसँग खेल्नेछ । सो खेल मंगलबार राति गस्गोमा हुने तालिका छ । 

    अन्तिम १६ मा पुग्ने टोली  :
    समूह विजेता : इटाली, बेल्जियम, नेदरल्यान्ड्स, स्विडेन र फ्रान्स 
    समूह उप-विजेता : वेल्स, डेनमार्क, अस्ट्रिया, क्रोएसिया, स्पेन र जर्मनी
    उत्कृष्ट हुने तेस्रो टिम : स्विटजरल्यान्ड, चेक गणतन्त्र, युक्रेन र पोर्चुगल 

    अन्तिम १६ का खेल :
    वेल्सविरुद्ध डेनमार्क , शनिबार साँझ ९ः४५ 
    इटालीविरुद्ध अस्ट्रिया , शनिबार राति, १२ः४५
    नेदरल्यान्ड्सविरुद्ध चेक गणतन्त्र , आइतबार साँझ ९ः४५ 
    बेल्जियमविरुद्ध पोर्चुगल , आइतबार राति १२ः४५  
    क्रोएसियाविरुद्ध स्पेन , सोमबार साँझ ९ः४५ 
    फ्रान्सविरुद्ध स्विटजरल्यान्ड , सोमबार राति १२ः४५ 
    इंगल्यान्डविरुद्ध जर्मनी , मंगलबार साँझ ९ः४५
    स्विडेनविरुद्ध युक्रेन, मंगलबार राति १२ः४५ 

    adalat.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology