बुटवल,असार १०-
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ को उपधारा ५ संसद जोगाउने अन्तिम विकल्प भएको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा बहस गर्दै उनले यस्तो बताएका हुन्।
‘संविधानको धारा ७६ को उपधारा ५ ब्रहमास्त्र हो। यो संसद जोगाउने अन्तिम बिकल्प हो,’उनले भने। श्रेष्ठले रिट निवेदक शेरबहादुर देउवासमेतको तर्फबाट बहस गरिरहेका छन्। बुधबार देखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ सुरु भएको हो।
अधिवक्ता श्रेष्ठले धारा ५ बारे अदालतमा प्रश्न उठाउन पाउने रास्ट्रपतिका बारेमा नपाउने हो र ? भन्दै प्रश्न समेत गरेका छन्। के हामिले श्री ५ भन्दा ठूलो महाराजा खडा गरेका हौ,झ उनले रास्ट्रपति भन्डारीको कार्यशैलीको खन्डन गर्दै भने।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)