Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्थापना दिवसमा इनरव्हिलद्वारा अनाथ आश्रममा खाद्यान्न सामग्री सहयोग

स्थापना दिवसमा इनरव्हिलद्वारा अनाथ आश्रममा खाद्यान्न सामग्री सहयोग

  • 1.7K
    SHARES

  • स्थापना दिवसमा इनरव्हिलद्वारा अनाथ आश्रममा खाद्यान्न सामग्री सहयोग

     बुटवल,असार १०-

    स्थापना दिवसको अवसरमा इनरव्हिल क्लव अफ मिडटाउन बुटवलले आश्रममा खाद्यान्न सामग्री सहयोग गरेको छ ।  सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर तिलोत्तमा ६ मणिग्राममा रहेको रामचन्द्र मैनादेबि अनाथ आश्रममा दाल, चामल, तेल, लगायतका खाद्यान्न सामग्री सहयोग गरेको अध्यक्ष मिठु टण्डन भण्डारीले नागरिक अनलाइनलाई जानकारी दिइन् ।

    साे कार्यक्रमका प्रमुख अतिथि समाजसेवी साबित्रा टण्डनले असहायहरुको अभिभावक बनेको क्लवले गरेका गतिबिधि सकारात्मक हुनुपर्ने बताइन् । कार्यक्रममा क्लवका सस्थापक अध्यक्ष आशा श्रेष्ठ,आश्रमका अध्यक्ष मैनादेबि भण्डारी,कार्यक्रम संयोजक साबित्रा सुनार, क्लवका सचिव देबि न्यौपाने लगायतले बाेलेका थिए ।

    क्लवले यसअघि कोभिड संक्रमण न्यूनिकरणका लागि स्वास्थ्य सामग्री लगायतका सामग्रीहरु वितरण गरेको थियाे । कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु, पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो ।

    यसैबीच क्लवले ओलम्पिक डे- २०२१ का अवसरमा नेपाल ओलम्पिक कमिटी र इनरव्हिल क्लव अफ किर्तीपुरको संयुक्त आयोजनामा सम्पन्न पोजिटिभ थिन पोजिटिभ थिङ्कीङ बिषयक एक्सटेम्पोर कन्टेक्सटमा बेस्ट स्पिकर सहित प्रथम भएकोमा पास्ट प्रेसिडेन्ट राधा भट्टराइलाई हार्दिक बधाई ज्ञापन गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology