बुटवल,असोज ४-
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी जम्मा ७६७ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ।नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पहिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)