Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘हाउसको कन्फिडेन्ट नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन,बस्न दिनु हुँदैन’ : कार्की

‘हाउसको कन्फिडेन्ट नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन,बस्न दिनु हुँदैन’ : कार्की

  • 2.2K
    SHARES

  • ‘हाउसको कन्फिडेन्ट नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन,बस्न दिनु हुँदैन’ : कार्की

    बुटवल,असार ९ - 

    वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्रीको पदलाई खेलाँची बनाइएको बताएका छन्।

    प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा जारी बहसमा भाग लिँदै कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता नै नभएको बताएका हुन्।

    प्रधानमन्त्री ओलीले आफूसँग बहुमत नभएको भनेर स्वीकार गरिसकेपछि राष्ट्रपतिले उनलाई ‘यु आर नो मोर प्राइममिनिस्टर’ भन्नुपर्थ्यो भन्ने कार्कीको भनाइ छ। तर, ओलीलाई नै निरन्तरता दिएर राष्ट्रपति विद्यादेवी भण्डारीले अनौठो काम गरेको बताए। ‘हाउसको कन्फिडेन्ट नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन, बस्न दिनु हुँदैन’, उनले भने।

    कार्कीले प्रधानमन्त्री ओलीको कामै अवरोध खडा गर्ने भएको बताए। देउवाले १४९ जनाको हस्ताक्षर बुझाइसकेपछि उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology