Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीमा २४ घण्टामा २२ जना संक्रमित थपिए,लुम्बिनी प्रादेशिक अस्पतालमा ४ जनाको मृत्यु

रूपन्देहीमा २४ घण्टामा २२ जना संक्रमित थपिए,लुम्बिनी प्रादेशिक अस्पतालमा ४ जनाको मृत्यु

  • 2.8K
    SHARES

  • रूपन्देहीमा २४ घण्टामा २२ जना संक्रमित थपिए,लुम्बिनी प्रादेशिक अस्पतालमा ४ जनाको मृत्यु

    बुटवल,असार ९ -

    रूपन्देहीमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएका छन् । १७६ जनाको आरटी पीसीआर परिक्षण गर्दा २२ जना नयाँ संक्रमति फेला परेका हुन्  ।

    जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय सात पुगको छ ।  हालसम्म जिल्लामा कुल कोरोना संक्रमितको संख्या २७ हजार ९ सय १७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यी मध्ये ९७ प्रतिशतको निको भएको छ भने २ प्रतिशतको मृत्यु भएको छ । बाँकी १ प्रतिशत भने सक्रिय संक्रमित हुन् । 

    लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु :

    बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ती अनुसार नवलपरासीका तीन जना र अर्घाखाँचीका एक जना पुरुषको मृत्यु भएको जनाएको छ । 

    अस्पतालका अनुसार अर्घाखाँची सन्धिखर्क–६ का ७८ बर्षीय पुरुष, नवलपरासीको सुनवल–६ का ३६ बर्षीय पुरुष, बर्दघाट–४ का ४५ बर्षीय पुरुष र बर्दघाट–१ का ६६ बर्षीय पुरुषको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा एक जनाको फिबर क्लिनिक र बाँकी ३ जनाको आइसीयुमा मृत्यु भएको प्रबक्ता डा.बिष्णु गाैतमले नागरिक अनलाइनलाई बताए । death.jpg 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology