बुटवल,असार ९ -
नेपाल टेलिकम (एनटिसी) का मोबाइल नम्बरमा बिहानैदेखि फोन अबरूद्ध भएको छ । फाेन नलाग्दा सेवाग्राही समस्यामा परेका छन् ।बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्याले सेवाग्राही समस्यामा परेका हुन् ।
मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिने गरेको छ । यसो हुनुको कारण भने खुलेको छैन तर बनाउने प्रयास भैरहेको छ ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सिस्टममा समस्या आएकाले जीएसएम नम्बरमा फोन नलाग्ने समस्या आएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)