Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाङमा असार १५ गतेसम्म निषेधाज्ञा,सरकारी कार्यालय र बैंक भने खुल्ने

दाङमा असार १५ गतेसम्म निषेधाज्ञा,सरकारी कार्यालय र बैंक भने खुल्ने

  • 3.1K
    SHARES

  • दाङमा असार १५ गतेसम्म निषेधाज्ञा,सरकारी कार्यालय र बैंक भने खुल्ने

    दाङ,असार ८-

    दाङमा असार १५ गते सम्मका लागि निषेधाज्ञा थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको आज बसेको बैठकले असार १५ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

    समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालय र बैंक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने निर्णय समेत गरेको छ । त्यस्तै बजार बिहान ६ बजेदेखि २ बजेसम्म खोल्ने निर्णय भएको छ ।

    नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने र नचल्ने बारे स्थानीय प्रहरी प्रशासनले कुनै निर्णय गरेन । तर  सरकारी कार्यालय, बैंक र बजारका खुल्ने पसलहरु पनि स्वास्थ्य मापदण्डअनुसार सुचारु हुने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय भएको पौडेलले बताए ।

    त्यस्तै होटल, पार्टी प्यालेस तथा रेष्टुरेण्टलाई प्याकिङ्ग गरेर मात्रै बिक्रि गर्ने गरि खोल्ने निर्णय गरेको छ ।  सार्वजनिक सवारी साधन भने अझै खुला गरिएको छैन । बैशाख १७ गतेबाट यहाँ निषेधाज्ञा जारी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology