Logo बिहिवार, आश्विन १ गते २०८३
images

घाँटीमा ब्रस अड्कीएका पुरुषको ‘राईड ओसोफ्यागोस्कोपी’ प्रविधिबाट बुटवलमै सफल शल्यक्रिया (भिडियाे)

घाँटीमा ब्रस अड्कीएका पुरुषको ‘राईड ओसोफ्यागोस्कोपी’ प्रविधिबाट बुटवलमै सफल शल्यक्रिया (भिडियाे)

  • 7.7K
    SHARES

  • घाँटीमा ब्रस अड्कीएका पुरुषको ‘राईड ओसोफ्यागोस्कोपी’ प्रविधिबाट बुटवलमै सफल शल्यक्रिया (भिडियाे)

    बुटवल,असार ७-

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा घाँटीको जटिल शल्यक्रिया सफल भएको छ । घाँटीमा ब्रस अड्कीएका बिरामीको बिशेषज्ञ डाक्टरहरु विष्णु शर्मा, नेत्रबहादुर थापा, दिपेन्द्र कसौधन सहितको स्वास्थ्य कर्मीको टोलीले जटिल शल्यक्रिया सफल गरेको हो । 
    रुपन्देहीको रुद्रपुर हरैयाका २४ वर्षीय पुरुष आईबार बिहान ६ बजेतिर ब्रस गर्दै थिए, अचानक ब्रस घाँटी भित्रै पसेपछि उनको स्थानीय मेडिकलमा लगेर एक्सरे गरियो ,झन दुखाई बढ्दै गयो । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याईयो र  खानाखाने नलिको ईण्डोस्कोपी गरियो ।

    अस्पतालका नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डा. शर्माले भने-‘ईण्डोस्कोपी गर्दा खाना खाने नलिमा छातिको विच भागमा अड्कीएको देखियो ।’ त्यसपछि बिरामीको अवस्थाको बारेमा आफन्तलाई जानकारी गराएर बिना चिरफार शल्यक्रिया गरिएको हो ।

    उनको शल्यक्रिया राईड ओसोफ्यागोस्कोपी प्रविधिबाट गरिएको हो ।  बिरामीलाई बेहोस गराईन्छ तर चिरफार गर्नुपर्दैन । मुखबाट क्यामेरा जडित पाईप छिराएर त्यसको सहायताले समातेर निकाल्ने प्रविधीलाई ओसोफ्यागोस्कोपी भनिन्छ ।


    उक्त प्रविधिको प्रयोग गरेर चिकित्सकको टोलीले बिरामीको घाँटीबाट १८ सेन्टिमिरटर लामो ब्रस निकालेको हो । यो शल्यक्रिया सफल नहुनपनि सक्थ्यो र तत्कालै चिरफार गर्नपर्ने पनि हुन सक्थ्यो । सोही अनुसार सर्जनहरुलाई पनि स्ट्याण्डबाई राखिएको थियो - डा. विष्णु शर्माले भने ।

    हेराैँ भिडियाे :-

    लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरङ्ग फार्मेसी सेवा शुभारम्भ

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology