बुटवल,असार ७-
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरङ्ग फार्मेसी सेवा शुरुवात गरिएको छ । अस्पतालले यसअघि रहेको दुई बटा फार्मेसी सेवासगै आजदेखी नयाँ अन्तरङ्ग फार्मेसीको चलाएको हो ।
फार्मेसीको लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष सुर्य बहादुर भट्टराईले उद्घाटन गरे । उनले अस्पतालको फार्मेसी सेवा विस्तार गर्न नसक्दा विरामीले निजी औषधी पसलमा गएर महंगोमा औषधि किन्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
अस्पतालका मेसु. डा .राजेन्द्र खनालले अस्पतालको आम्दानी स्रोत अहिले विमा र फार्मेसी बनेको बताए ।
उनले सटरको आम्दानी घटेपनि अव भने व्यवस्थीत रुपमा विमा र फार्मेसीको संचालनतर्फ ध्यान दिएको बताए । अस्पतालका फार्मेसी अधिकृत पदम खनालले विभागमा हाल २५ जना कर्मचारी रहेको र फार्मेसी २४ घण्टा खुल्ने बताए ।
अस्पतालमा दैनिक २ हजार भन्दा धेरै विरामीले सेवा पाउने गरेका छन् ।
याे पनि :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)