बुटवल,असार ७-
नेपालमा पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण थप ४६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)