Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाँकेमा १४ जेठसम्म निशेधाज्ञा लम्बियाे,सरकारी कार्यालय भने भोलिदेखि खुल्ने

बाँकेमा १४ जेठसम्म निशेधाज्ञा लम्बियाे,सरकारी कार्यालय भने भोलिदेखि खुल्ने

  • 2.6K
    SHARES

  • बाँकेमा १४ जेठसम्म निशेधाज्ञा लम्बियाे,सरकारी कार्यालय भने भोलिदेखि खुल्ने

    बुटवल,असार ७- 

    बाँकेमा जारी निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ । भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले  १४ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

    कोरोना भाइरस महामारीका कारण गएको बैशाख १३ गतेदेखि निषेधाज्ञा जारी छ । स्थानीय प्रशासनले आज सूचना जारी गर्दै सरकारी कार्यालयहरु भने भोलिदेखि खोल्ने निर्णय जानकारी गराएको छ ।

    कार्यालयमा भिडभाड नहुनेगरी सेवा प्रवाह व्यवस्थित गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै सबै सार्वजनिक निकाय, बैंक तथा वित्तिय संस्थाहरु खोल्न प्रशासनले भनेको छ ।

    यस्तै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामाग्री खरिद विक्रीका लागि विहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म पसल व्यवसाय खुल्ने भएका छन् । अहिले विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म पसलहरु खुल्दै आएका छन् ।

    cdo banke.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology