Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज निर्जला एकादशी,घरघरमा तुलसीको बिउ राखिँदै

आज निर्जला एकादशी,घरघरमा तुलसीको बिउ राखिँदै

  • 4.4K
    SHARES

  • आज निर्जला एकादशी,घरघरमा तुलसीको बिउ राखिँदै

    काठमाडाैँ,असार ७-

    वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको  मठमा तुलसीको दल (बिउ) राख्दै छन् ।  प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्‍ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास भनिन्छ । स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

    आज पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्‍न रोगको उपचारमा प्रयोग गरिन्छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology