Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काठमाडौँमा असार १४ गतेसम्म थपियो निषेधाज्ञा

काठमाडौँमा असार १४ गतेसम्म थपियो निषेधाज्ञा

  • 2.2K
    SHARES

  • काठमाडौँमा असार १४ गतेसम्म थपियो निषेधाज्ञा

    बुटवल, असार ६-

    काठमाडौँ उपत्यकामा खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । थप भएको निषेधाज्ञा असार १४ गतेसम्म लागू हुनेछ ।  काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो  । 

    यो अवधिमा नीजि सवारी साधन भने जोर बिजोरका आधारमा सञ्चालन हुनेछन् । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्मखुल्ला  रहनेछन् । 

    सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन् । यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् । खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । 

    नीजि सवारी कार, जीप भ्यानमा चार जनामात्रै यात्रु राख्न पाइनेछ । त्यस्तै ट्याक्सीमा  भने तीन जनामात्रै यात्रु राख्न पाइनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology