बुटवल,असार ६-
नेपालमा २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार सोही अवधिमा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ६७७ पीसीआर र ४ हजार २४९ जनाको एन्टीजेन गरि जम्मा १० हजार ९५६ परीक्षण भएको छ । जसमा पीसीआरमा १४२१ र एन्टीजेनमा १०२१ जनालाई पोजेटिभ देखिएको छ ।
नेपालमा हालसम्म ६ लाख ४७ हजार ६५१ जनालाई संक्रमण पुष्टि भएकोमा ५ लाख ५६ हजार ७९८ जना निको भएका छन् भने ८ हजार ७२६ जनाको मृत्यु भएको छ । अहिले ५५ हजार ५३७ जना सक्रिय संक्रमित छन् ।
यता रुपन्देहीमा पछिल्लो २४ घण्टामा २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । साेही अवधिमा दुई सय ९३ जनामा आरटीपीसीआर परिक्षण गरिएको छ ।
२४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३८७ मा झरेको छ ।
हालसम्म जिल्लामा कुल २७ हजार आठ सय ८० संक्रमित पुगेका छन् । तीमध्ये ९७ प्रतिशत निको भइसकेका छन् । २ प्रतिशतको मृत्यु भएको छ भने १ प्रतिशत सक्रिय संक्रमितका रुपमा रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)