बुटवल,असार ५-
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८ जनामा कोराेना पुष्टि भएको छ । १८२ जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिकामा र सैनामैनामा २र२ जना थपिएका हुन् ।
यस्तै सिद्धार्थनगर नगरपालिकाका १ जना संक्रमित थपिएका छन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ४५३ रहेको छन् ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट १ जना संक्रमितको मृत्यु थपिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)