बुटवल,असार ४-
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार २० जना संक्रमणमुक्त भएका छन्।
४४ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ७ हजार ५६९ पीसीआर र ५ हजार ४६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।
हालसम्म नेपालमा ३२ लाख ५५ हजार ५७९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। हालसम्म ५ लाख ४९ हजार ६८२ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् भने ८ हजार ६४१ जनाको मृत्यु भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)