बुटवल,असार ४-
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार भएको मतदानमा पाेखरेलले ३१ मत प्राप्त गरेका हुन् । उनको बिपक्षमा २७ मत परेको छ । आजको बैठकमा ५८ जना सांसद मात्र सहभागि थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा अहिले सरकारसँग ३१ मत छ । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ छन् । सभामुखले भने मत हाल्न पाउँदैनन् ।
प्रमुख प्रतिपक्षी दल एमालेसँग आफ्नो पार्टीको मात्रै २७ सांसद छन् । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद पनि उनकै पार्टीले कारबाही गरेपछि गुमेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा टेबल गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलपछि मतदान भएको हाे । साे छलफलमा निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनका लागि सरकारले काम गर्दै गए आफ्नो जहिले पनि समर्थन रहने दाबि गरेका थिए ।
याे पनि :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)