Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिंदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिंदै

  • 3.9K
    SHARES

  • गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिंदै

    बुटवल,असार ४-

    गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिंदैछन ।  प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

    संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेका हुन ।

    विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही अनुसार पोखरेलले बुधबार नै प्रदेशसभा सचिवालयमा यसबारे जानकारी गराइसकेको प्रवक्ता खड्काले बताए ।

    प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

    मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको छ ।

    मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्छ । गण्डकी प्रदेशसभामा हाल ५९ जना सांसद छन् ।

    गण्डकीमा मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत,पक्षमा ३१ सांसद ,विपक्षमा २७

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology