बुटवल,असोज ४ ।
रुपन्देहीको देवदहमाका अति बिपन्न तथा कुपोषित बच्चा,आमा तथा परिवारलाई खाद्यान्न, जिन्सी, फर्निचर तथा लत्ताकपडा सामग्री सहयोग गरिएको छ। नगरपालिका वडा नं ३ शिसपुरमा रहेकाे उनीहरूलाइ सहयोग गरिएको हाे ।
लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ,लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ तथा रुपन्देही संपर्क समिती दक्षिण कोरियाको संयुक्त आयोजनामा शनिबार एक कार्यक्रमका बीच उक्त परिवारलाई खाद्यन्न, जिन्सी, फर्निचर तथा लत्ताकपडा हस्तान्तरण गरिएको हाे।
दैनिक मजदुरी गरेर जिविको पार्जन गर्दै आएका परिवारमा बच्चा जन्मिएपछि पैसाको अभावले बच्चाको उपचार गर्न कठिन भएको अवस्थामा देवदह नगरपालिका अन्तर्गत ढेकावरमा रहेको केरवानी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट काशीराम रेग्मीको संयोजकत्वमा उक्त परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो।
देवदह नगरपालिका प्रमुख हिरा बखत्री तथा विशिष्ठ अतिथिस् देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वैकुण्ठ बहादुर कुँवर,जोन चियर पर्सन लायन्स हरि क्षेत्री, अतिथिएरिया चिफ लियो गोविन्द बन्जाडे, लायन्स सन्तोष खरेल, लायन्स, सन्तोष श्रेष्ठ, रुपन्देही सम्पर्क समिति द कोरिया हरी शर्मा गौतम पूर्व अध्यक्ष तथा लायन्स क्लब सैनामैनाका कोषाध्यक्षअतिथि वडा नं ३ का सदस्य केशव राज राना, दुर्गा प्रसाद न्यौपाने, अनिता कुमाल,लीला दर्जी, कार्यक्रम संयोजकस् केरवानी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट तथा लियो क्लब अफ बुटवल मणिमुकुन्द युथका कोषाध्यक्ष लियो काशीराम रेग्मीको सहभागिता रहेको थियो।
त्यस्तै पूर्व सल्लाहकार दीपक गिरी, होमनाथ न्यौपाने, दुर्गा न्यौपाने, सदस्य मिलन कार्की रुपन्देही संपर्क समिती रामप्रसाद अधिकारी संस्थापक लायन्स क्लब अफ सैनामैना बिध्यार्थी युवा नेता शंकर गि
री, लियो क्लब अफ मणिमुकुन्द यूथ अध्यक्ष केशव पराजुली साथै महिला स्वयमसेविका हरुको पनि सहभागिता रहेको थियो।
कार्यक्रमका अध्यक्ष तथा लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ अध्यक्ष लायन्स यदुमणी पोख्रेलले मानविय सेवामा लागि पर्नुभएका सबैलाई धन्यवाद दिनुभएको थियो।
प्रमुख अथिति नगर प्रमुख हिरा खत्रीले यसरी सामाजिक कार्यमा लागि परेका क्लब तथा रुपन्देही संपर्क समिती द।कोरियाले नेपालमा पनि मानविय सेवामा लागि परेकोमा धन्यवाद दिनुभएको थियो।
कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष लायन्स यदुमणी पोख्रेलले अबका दिनहरुमा पनि यसरीनै लागिपर्ने र यस मानविय सेवामा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिनुभएको थियो,भने कार्यक्रम सञ्चालन लियो अमृत बस्यालले गर्नुभएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)