भैरहवा, भदौ १३ ।
लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ नेपालको पहिलो जिल्ला क्याबिनेट बैठक कोरोना संक्रमणको कारण भर्चुवल रुपमा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको भर्चुवल क्याबिनेट बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी सन्जय खेतानले कोराना संक्रमण अझै फैलिन सक्ने तर्फ सबै लायन सदस्यहरुलाई सचेत गराउनुभएको छ । उहांले भन्नुभयो, ‘धेरै समयसम्म कोभिड १९ संग जुध्नुपर्ने देखिएको छ । यो महामारिले विश्वलाई चौतर्फी रुपमा चपेटामा पारेको छ । हामी सबै सचेत हुनु जरुरी छ । ’
खेतानले सेवालाई प्राथमिकता दिएर लायन्स क्लबहरु एकताबद्ध भई विपन्न तथा गरिबहरुलाई खाना खुवाउने अभियान चलाउन , ठाउठाउमा आइशोलेशन सेन्टर स्थापना गर्न, प्लाज्मा थेरापीकोलागि कोभिड भएका साथिहरुकोलागि विशेष सहयोग गर्न र अक्सीजन बैंक स्थापना गर्न तथा हरेक व्यक्तिलाई खुसी पार्ने कायक्रम गर्न निर्देशन दिनुभयो ।
खेतानले सदस्यताबृद्धिमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ नम्बर वान भईरहेको भन्दै खुसी समेत व्यक्त गर्नुभयो । उहांले भन्नुभयो, ‘हामि सदस्यताबृद्धि अभियानको शिखरमा छौं । गर्भनरको नेतृत्वमा सबै क्लब र लायन्सका अगुवाले काधंमा काधं मिलाएर अगाडी बढ्नुपर्छ । ’
बैठकमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ का गर्भनर शम्भु नकर्मिले चालु महिना सदस्यबृद्धिको महिना भएको उल्लेख गर्दै सदस्यता बृद्धिमा उल्लेखनीय प्रगति गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । उहांले भन्नुभयो , ‘हाम्रो डिस्ट्रकमा ५४ जना सदस्य भएको क्लब पनि स्थापना भएको छ । हामी सदस्यबृद्धिको अभियानको लक्ष्य चुम्ने दिसामा अग्रसर छौं ।
हाम्रो ३ हजार एक सय पचास सदस्य पुराउने अभियानमा छौं ’ डिस्ट्रीक ३२५ बि २ अन्तर्गत लायन्स क्लब अफ भैरहवा ग्रिन सिटी ५४ जना सदस्य सहित नया स्थापना भएको क्लब हो । बैठकमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ का कोषाध्यक्ष शिव विडारीले बजेट प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा एरिया चार अन्तर्गतका डिस्ट्रीक, जोन तथा क्लबहरुले सम्पन्न गरेका विभिन्न कार्यक्रमहरुको बारेमा पनि क्याबिनेट सचिब टाशि डोल्माले जानकारी गराउनुभएको थियो । सो अवसरमा लायन्स क्लब इन्टरनेशनलको सहयोगमा भिटिएम किट प्राप्त भइरहेको, मधुमेहको कार्यक्रम एरिया चारमा पहिलो चरणमा सकिसकेको जानकारी समेत गराइएको थियो ।
बर्ष २०२०/२०२१ को पहिलो भर्चुवल क्याबिनेट बैठकमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ का क्याबिनेट सदस्यहरु, पुर्व गर्भनर, जोन चेयरपर्सन तथा लायन्सका पदाधिकारी एवं अन्तर्गतका क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुकोगरी एक हजार भन्दा बढीको सहभागिता रहेको थियो ।
सो अवसरमा रचनात्मक काम गर्ने विभिन्न क्लबहरुलाई अर्बाड दिने घोषणा समेत गरिएको थियो । सो अवसरमा १०९ जोन चेयरपर्सन मध्ये रुपन्देहीका लायन्स अगुवा ओम जैसी उत्कृष्ट जोन चेयर पर्सन भएका छन भने विजय पान्डे तृतिय र अनिता थापा छैठौ हुनुभएको छ ।
सो अवसरमा सबैभन्दा धेरै क्लब खोल्न भूमिका खेल्ने नवराज न्यौपानेलाई फोर स्टार ले सम्मान गरिएको थियो । न्यौपानेको अगुवाईमा ७ वटा क्लब स्थापना भएका छन् ।साे अवसरमा हाईट मेम्बरसिप अवार्ड लायन्स कल्ब अफ भैरहवा ग्रिनसिटिलाई प्रदान गरिएकाे थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)