बुटवल,असार ३-
रूपन्देहीमा पछिल्लो २४ घण्टामा १९ जना कोराेना संक्रमित थपिएका छन् ।१५१ जनाको आरटी पीसीआर परिक्षण गर्दा १९ जनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । हिजो बुधबार जिल्लामा २२ जना संक्रमित देखिएका थिए ।
त्यस्तै २४ घण्टामा कोही पनि संक्रमितको ज्यान गएको छैन । कुल संक्रमित मध्ये दुई प्रतिशतमात्रै सक्रिय संक्रमित रहेको र दुई प्रतिशतले ज्यान गुमाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ ।
रूपन्देहीमा सक्रिय कोरोना संक्रमितको संख्या ५४५ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)