बुटवल,असार ३-
बिगत चारदिनदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड सुचारू भएको छ ।
साना साना पहिरो गएको स्थानहरु बिहानै सडक सुरुचारु बनाईएपनि गौडापुल नजिकै बाटो सहित भास्सिएको अन्दाजी ५० मिटर सडक खुल्न नसक्दा ३ दिन देखि सडक अवरुद्ध रहेको थियो । ३ दिन बाट अवरुद्ध रहेको राजमार्ग संचालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
उता प्यूठानको झिमरुक नदीमा आएको बाढीले प्यूठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको छ ।
सो मोटरेबल पुल चार दिन अगाडि मात्रै ढलान भएको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार पुलको ३५ मिटर भाग भत्किएको छ । संघीय सरकारले विनियोजन गरेको ७ करोड १२ लाख रुपैयाँ बजेटमा ७० मिटर लामो पुल निर्माण गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)