Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमामा ट्रेक्टर जोताईको नयाँ भाडा दर निर्धारण,प्रतिघण्टा १४४० रुपैंयाँ

तिलोत्तमामा ट्रेक्टर जोताईको नयाँ भाडा दर निर्धारण,प्रतिघण्टा १४४० रुपैंयाँ

  • 4.5K
    SHARES

  • तिलोत्तमामा ट्रेक्टर जोताईको नयाँ भाडा दर निर्धारण,प्रतिघण्टा १४४० रुपैंयाँ

    बुटवल,असार ३ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्रेक्टरको जोताईंको नयाँ भाडा दर कायम गरिएको छ ।  नगरपालिकाले ट्रेक्टरधनीका प्रतिनिधि समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर ट्रेक्टरको नयाँ भाडा दर कायम गरिएको वडा नं. १३ का वडाध्यक्ष समेत रहनुभएका भाडादर निर्धारण समितिका संयोजक गणेश न्यौपानेले जानकारी दिनुभयो ।

    कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसानहरु मर्कामा थिए । तिलोत्तमामा सर्वपक्षीय छलफलबाट ट्रेक्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ४४० रुपैंयाँ र रोटाभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ८५० रुपैंयाँ कायम गरिएको हो । डिजलको मूल्यवृद्धि, बजारको अवस्था लगायतको आधारमा २०७७ वैशाखमा निर्धारण गरिएको भाडादरलाई  समायोजन गरिएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । अब तिलोत्तमा नगरपालिकामा निर्धारण गरिएको भन्दा बढी भाडा लिन पाइनेछैन । तर, ट्रेक्टर व्यवसायीले तोकिएभन्दा कम भाडा लिन सक्नेछन् ।

    यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो ।तिलोत्तमा नगरपालिकामा ट्रेक्टरको वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरिएको छ । तिलोत्तमा नगरपालिकाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ ।

    प्रमुख खाद्यबाली धान रोपाईं प्रारम्भ हुँदै गर्दा ट्रेक्टरको नयाँ जोताईं भाडादर कायम गरिएको हो ।  तोकिएकोभन्दा बढी भाडा कसैले लिए सम्बन्धित निकायमा जानकारी गराउन समिति संयोजक न्यौपानेले किसानलाई आग्रह गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology