बुटवल,असार २-
गुल्मीमा जुनिँया भयर युवा क्लवले १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कोराेना महामारीका कारण समस्यामा परेका र अक्सिजन नपाएका बिरामीलाई ती अक्सिजन सिलिण्डर उपलब्ध गराइने छ ।
सत्यवती गाउँपालिका ७ मा रहेको साे क्लवले अक्सिजन सिलिण्डर तथा औषधि प्रदान गरेको युवा क्लवका अध्यक्ष दिपेश सेनले बताए । साथै साे क्लवले सत्यवती गाउँपालिका साबिकका वडा १-५ मा राहत समेत बितरण गरेको जनाएको छ ।
साे अवसरमा क्लवका अध्यक्ष दिपेश सेन,कार्यक्रम संयाेजक दिपेश शाही (भलबारी ) र भरत थापा लगायतले बाेल्दै समाजसेवा सबैले गर्नुपर्ने बताए । गाँउमा हुने जस्ताेसुकै सहयाेगका लागि आफू सधै तयार रहेको दिपेश शाहीले बताए । प्रदान गरिएका मध्ये ५ वटा अक्सिजन सिलिण्डर भने सत्यवती गाउँपालिकालाई लाेनमा दिइएको हाे ।
त्यस्तैगरी महामारीका बेला सामाजिक काम गरेकोमा सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल,उपाध्यक्ष सुवर्ण शाही, गुल्मी जुनियाँ तराई सम्पर्क समाजका अध्यक्ष खडक बहादुर शाहीले धन्यबाद दिएका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)