Logo बिहिवार, आश्विन १ गते २०८३
images

बिपन्न समुदायमा पुगेर खाद्यान्न बाँड्दै कांग्रेस युवा नेता भट्टराई

बिपन्न समुदायमा पुगेर खाद्यान्न बाँड्दै कांग्रेस युवा नेता भट्टराई

  • 3.0K
    SHARES

  • बिपन्न समुदायमा पुगेर खाद्यान्न बाँड्दै कांग्रेस युवा नेता भट्टराई

    बुटवल,असार २-

    नेपाली कांग्रेसका युवा नेता नेत्र भट्टराईले खाद्यान्न बितरण गरिरहेका छन् । उनले बुटवलमा बिभिन्न चरणमा गरि राहत स्वरुप खाद्यान्न बितरण गरेको नागरिक अनलाइनलाई जानकारी दिए । 

     उनले भने-‘भाेकै बस्न नपराेस् भनेर बिपन्न समुदायमा पुगेर भाेक मेटाउने प्रयास गरेको हुँ,मेराे काममा धेरैले सहभागिता जनाउनुभएकोमा खुसी छु’ ।

    नेता भट्टराईले बुटवल उपमहानगरपालिका भित्रका करिब १०० घर भन्दा बढीलाई राहत बितरण गरिसकेको बताए  । उनी नेपाली कांग्रेस क्षेत्र न.२ क्षेत्रिय सदस्य प्रदेश सह सचिब तथा  ने.बि.संघ.पुर्ब जिल्ला उपाध्यक्ष समेत हुन् ।

    भट्टराईले  बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बुद्धनगरमा पनि ३४ घरधुरीलाई राहत प्रदान गरेका छन । नेपाली कांग्रेसका नेता काजिमान श्रेष्ठ, हरिशचन्द्र गौतम, जमुना ढकाल, प्रभा अयार्ल, प्रदिप गौतम, शुभास रायमाझी, महेन्द्र जिसी, राज पोख्रेल, कृष्ण जिसी लगायतको उपस्थिति रहेको थियो ।rahat.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology