Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दुईवटा लायन्स क्लवले बाँडे दृष्टीबिहिन परिवारलाई खाद्यान्न सामाग्री

दुईवटा लायन्स क्लवले बाँडे दृष्टीबिहिन परिवारलाई खाद्यान्न सामाग्री

  • 2.4K
    SHARES

  • दुईवटा लायन्स क्लवले बाँडे दृष्टीबिहिन परिवारलाई खाद्यान्न सामाग्री

    बुटवल,असार २- 

    लायन्स क्लब अफ बुटवल संसार र लायन्स क्लब अफ बुटवल स्टार्सको संयुक्त आयोजनामा खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

    क्लवका अध्यक्ष प्रकाश भट्टराइको अध्यक्षता एवं रिजन कोर्डिनेटर एमजेएफ आशिष कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा स्टरका अध्यक्ष सुशील पाण्डेको सहअध्यक्षतामा बुटवल उपमहानगरपालिका वार्ड नम्बर १२ स्थित बदेलपोखरीमा बसोबास गर्ने दृष्टीबिहिन परिवारलाई खाद्यान्न सामाग्री तथा खाट हस्तान्तरण गरिएको हो ।

    हंगर रिलिफ कार्यक्रम अन्तर्गत सो कार्यक्रम गरिएको क्लवका अध्यक्ष प्रकाश भट्टराईले बताए ।उनीहरुलाई करिब ३ महिनालाई पुग्ने खाद्यान्न तथा बक्सवला  लोबेड  बितरण गरिएको हो ।

    ५ जना दृष्टीबिहिनहरुले लकडाउन भन्दा अगाडि  तिलोतमा अगरबत्ती उघोगको अगरबत्ती खरिद गरि बुटबल बजारमा बिक्रि गरि दैनिकी चलाउदै आएकोमा लकडाउनले आयस्रोत रोकिएको बताए ।

    कार्यक्रम संचालन संयोजक श्याम सापकोटाले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology