Logo बिहिवार, आश्विन १ गते २०८३
images

चौधरी ग्रुपद्वारा लुम्बिनीमा १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

चौधरी ग्रुपद्वारा लुम्बिनीमा १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

  • 2.3K
    SHARES

  • चौधरी ग्रुपद्वारा लुम्बिनीमा १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

    बुटवल, असार १-


    नेपालको  चिरपरिचित कम्पनी चौधरी ग्रुप (सीजी)ले आफ्नो लुम्बिनी प्रादेशिक कार्यालय स्थापनाको शुभ अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।  


    कोभिड १९ महामारीका विरामीको उपचारका लागि चौधरी गु्रपले यस वर्ष मुलुकभरका १७ वटा स्वास्थ्य संस्थ्यालाई जनही  २ वटाका दरले  ३४ वटा अक्सिजन कन्सन्ट्रेटर  प्रदान गर्न शुरु गरेको  प्रादेशिक कार्यालयका प्रमुख  देवराज ढुगांनाले बताउनु भयो ।
    प्रति मिनेट १० लिटर ग्यास उत्पादन गरि सप्लाई दिने अक्सिजन कन्सन्ट्रेटर सोमवार लुम्बिनी प्रदेशको  नवलपरासी जिल्लाको वर्दघाटमा संचालित चिसापानी अस्पताल र गुल्मी जिल्लाको जिल्ला अस्पताललाई २ दुई थान  लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीमार्फत  हस्तान्त्ररण गरिएको हो ।

    चौधरी ग्रुपले  यसका साथै लुम्बिनी प्रदेशको पाल्पा जिललाको रैनादेवी र रिद्धिकोट गांउपालिकामा संचालित स्वास्थ्य चौकी र बर्दियाको बासगढी स्वास्थ्य चौकीलाई पनि २ दुई थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको प्रादेशिक प्रमुख ढुगांनाले बताउनु भयो । 
    स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले चिसापानी अस्पतालका मेडिकल सुपरिटेन्ट डा. पवन अग्रहरी र गुल्मी अस्पतालका प्रतिनिधी सुदन जिसीलाई सोमवार एक समारोहका बीच उक्त सामान हस्तान्त्ररण गर्नु भएको हो ।
    यो अक्सिजन कन्सन्ट्रेटर जुनस्थानमा अक्सिजन अभाव हुने र  अक्सिजन दिनुपर्ने विरामीलाई तत्काल सहज रुपमा प्रदान गर्ने गरि प्रदेशका ग्रामीण भेगका लागि बढी उपयागी हुने चिसापानी अस्पतालका मेडिकल सुपरिटेन्ट डा. पवन अग्रहरीले बताउनु भयो ।
    कोभिडका विरामीहरुलाई ततकाल अक्सिजन दिनु परेको अवस्थामा  अक्सिजन कन्सन्ट्रेटर  निकै उपयोगी यन्त्रका रुपमा  स्थापित भएको छ ।
    आफै अक्सिजन उत्पादन गर्ने र एकै पटक ५ जना सम्मलाई अक्सिजन दिन मिल्ने भएकाले पनि निकै भरपर्दो यन्त्र र सहज रुपमा प्रयोग गर्न सकिन स्वास्थ्य उपकरणका रुपमा अक्सिजन कन्सन्ट्रेटरलाई लिन गरिएको चिकित्सकहरुले औल्याएका छन ।
       

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology